नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स फण्ड २ को कारोबार रोक्का, नेप्सेले सोध्यो स्पष्टिकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2022 | 12:45:16 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल स्टल एक्सचेन्ज नेप्सेले नबिल इन्भेष्टमेन्ट बैंकिङले संचालन गरेका २ वटा सामुहिक लगानी कोष योजनाको कारोबार रोक्का गरेको छ । नेप्सेले नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स फण्ड २ को कारोबार रोक्का गरेको हो । 

 लाभांश प्रस्ताव सम्बन्धि सूचना नियम अनुसार समयमा नै जानकारी नदिएको भन्दै नेप्सेले कारोबार रोक्का गर्दै स्पष्टिकरण सोधेको हो । लाभांश घोषणा सम्बन्धि सूचना सोहि दिन वा भोलिपल्ट कारोबार सुरु हुनु अगाडी नेप्से मार्फत जानकारी गराउनु पर्नेमा यी दुई योजनाले कारोबार समयमा सूचना दिएपछि नेप्सेले  स्पष्टिकरण सोधेको हो । नेप्सेले के कारणले यस्तो भएको हो भन्दै कम्पनीसँग जवाफ गरेको छ ।  

नबिल इन्भेष्टमेन्ट बैंकिङको असोज २५ गते  बिहान १० बजे बसेको संचालक समितिको बैठकले इक्विटी फण्ड र नबिल ब्यालेन्स फण्ड २    लाभांश घोषणा गरेको थियो । नियम अनुसार उक्त जानकारी असोज २५ गते कारोबार खुल्नु अगाडी नै नेप्से मार्फत जानकारी गराउनु पर्ने थियो । तर ढिलो गरि असोज २६ गते मात्र यस बारे नेप्सेलाई जानकारी दिएको र त्यो पनि कारोबार समयमा जानकारी दिएकोले नेप्सेले कारोबार रोक्का गर्दै स्पष्टिकरण सोधेको हो ।

 नबिल म्युचअल फण्ड अन्तर्गतको योजना नबिल व्यालेन्स्ड फण्ड २ ले आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको ईकाइधनीहरुलाई ७ प्रतिशत (कर सहित) का दरले हुन आउने रकम रु. ७,८४,००,०००।- (अक्षेरुपी सात करोड चौरासी लाख रुपैयाँ मात्र) प्रतिफल वितरण गर्ने निर्णय गरेको  छ।

त्यस्तै  नबिल म्युचअल फण्ड अन्तर्गतको योजना नबिल इक्वीटी फण्डले आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको ईकाइधनीहरुलाई ५ प्रतिशत (कर सहित) का दरले हुन आउने रकम रु. ६,२५,००,०००।- (अक्षेरुपी छ करोड पच्चीस लाख रुपैयाँ मात्र) प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

लाभांश बितरण प्रयोजनको लागि दुवै योजनाले  कार्तिक १८ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेका छन्। कार्तिक १७ गतेसम्म कायाम इकाईधनीले मात्र उक्त लाभांश पाउँन सक्ने छन् ।, 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved