शेयरबजारमा सुधार: नबिल बैंकको कारोबार उच्च, फाइनान्स र विकास बैंकमा आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2022 | 03:32:09 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार शेयर बजार परिसूचक नेप्से बढेको छ । आज नेप्से सूचक ११.३२ अंकले बढेर १८६६.४८ को बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका २२३ कम्पनीका २० लाख ८५ हजार २ सय ८४ कित्ता शेयर खरिद बिक्रिबाट ६९ करोड १७ लाख ३७ हजार ८ सय ९३ रुपैयाँ ९८ पैसाको कारोबार भएको छ । जस मध्ये नबिल बैंकको सबैभन्दा धेरै २ करोड ४० लाखको कारोबार भएको छ भने रिडी पावर कम्पनीको २ करोड २ लाखको कारोबार भएको छ ।

आज अभियान लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने महुली लघुवित्तको शेयर मूल्य ५.५१ प्रतिशत बढेको छ । त्यस्तै प्रोग्रेशिभ फाइनान्सको शेयर मूल्य ५.३५ प्रतिशत, दिब्येश्वरी हाइड्रोको शेयर मूल्य ४.६२ प्रतिशत तथा जोशी हाइड्रोको शेयर मूल्य ४.५९ प्रतिशत बढेको छ । आज सर्वाधिक मूल्य घट्नेमा ऋणपत्र र सामुहिक लगानी कोष योजनाका इकाईहरु रहेका छन् ।

आज कारोबारमा आएका मध्ये म्युचुअल फण्ड र ट्रेडिङ बाहेकका सबै समुहगतसूचक बढेका छन् । सर्वाधिक बढ्ने समुहगत सूचकमा फाइनान्स र विकास बैंक रहेका छन् । फाइनान्स समुह २.६७ प्रतिशत बढेको छ भने विकास बैंक समुह २.०९ प्रतिशत बढेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved