
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा रुरु जलविद्युत परियोजना लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।
समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ७५१.८२ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ८२७ रहेको थियो ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि आज असोज २७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो । असोज २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।
कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर जारी गर्ने र सो को कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीमा वितरण हुने छ । कम्पनीले कार्तिक ४ गते शुक्रबार साधारणसभा आह्वान गरेको छ । कम्पनीले बानेश्वर स्थित थापागाउँ ब्यान्क्वेटमा सभा आह्वान गरेको हो ।
यस्ता छन् सभामा पेश हुने अन्य प्रस्ताव:
क) साधारण प्रस्ताव :
१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने ।
२) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.ब. २०७८/०७९ अवधिको वित्तिय विवरण उपर छलफल गरि पारित गर्ने सम्बन्धमा ।
३) लेखा परीक्षण समितिको सिफारिस अनुसार आ.व.२०७९ ०८० को लागी लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।
४) संचालक समितिले प्रस्ताव गरे बमोजिम आ व. २०७८/७९ अवधिको मुनाफाबाट चुक्ता पुँजीको ०.५२६३ % (प्रतिशत) नगद लाभांश (बोनस शेयरको कर प्रयोजनका लागी) वितरण प्रस्ताव पारित गर्ने ।
५) संचालक समितिको सेवा सुविधा सम्बन्धमा ।
ख) विशेष प्रस्ताव :
१) बोनस शेयर जारी गर्ने प्रयोजनका लागी कम्पनीको जारी तथा चुक्ता पूँजी लाई आवश्यकता अनसार वृद्धि गरी प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने ।
२) आ.व. २०७८/०७९ अवधिको मुनाफा बाट १०% (दश प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने ।
३) नियामक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
ग) विविध ।