नेप्सेमा पिपुल्स पावर र सयपत्री हाइड्रोको आईपिओ सुचिकृत, कतिमा हुन्छ सुरुवाती कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2022 | 03:24:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ वटा कम्पनीको आईपिओ सुचिकृत भएको छ।    पिपुल्स पावर लिमिटेड र सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर सुचिकृत भएको हो ।  

आज पिपुल्स पावरको ६३ लाख २६ हजार कित्ता शेयर सुचिकृत भएको हो ।   शेयर सुचिकृत भएसँगै आइतबारबाट कम्पनीको शेयर कारोबार गर्न सकिने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९४.९६ रुपैयाँदेखि २८४.८८ रुपैयाँसम्मको रेन्ज तोकेको छ । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने छन् । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । आइतबारको स्पेसल पी ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ । कम्पनीको PPL सिम्बलबाट कारोबार हुने छ । 

पिपुल्स पावर लिमिटेडले साउन ३१ गतेदेखि  भदौ ५ गतेसम्म सर्वसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो ।  पिपुल्स पावरले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।  

त्यस्तै आज सयपत्री हाइड्रोको ३० लाख कित्ता शेयर सुचिकृत भएको छ ।  शेयर सुचिकृत भएसँगै आइतबारबाट कम्पनीको शेयर कारोबार गर्न सकिने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ६४.९६ रुपैयाँदेखि १९४.८८ रुपैयाँसम्मको रेन्ज तोकेको छ । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने छन् । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । आइतबारको स्पेसल पी ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ । कम्पनीको SPHL सिम्बलबाट कारोबार हुने छ । 

सयपत्रीले साउन १३ गतेदेखि  साउन १७ गतेसम्म आईपिओ बिक्रि खुला गरेको थियो ।  कम्पनीले बाग्लुङ्गमा निर्माण गरेको २.५ मेगावाटको दरमखोला ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७३/३/१२ देखि विजुली उत्पादन गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved