
आरविवि मर्चेन्ट बैंकिङले दोस्रो म्युचुअल फण्ड संचालन गर्ने भएको छ । आरविवि मर्चेन्ट बैंकिङले आरविवि म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि आरविवि म्युचुअल फण्ड २ संचालन गर्नको लागि अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले असोज १३ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले आरविवि म्युचुअल फण्ड २ को प्रति इकाई १० रुपैयाँको दरले १ अर्ब २० करोड बराबरको १२ करोड इकाई निष्काशन गर्न लागेको हो । यो बन्दमुखी योजना हो ।
कम्पनीले हाल आरविवि म्युचुअल फण्ड १ संचालन गरिरहेको छ ।