
उषा इन्भेष्टमेन्ट प्रा.लिले आफ्नो स्वामित्वमा रहेको हिमालयन पावर पार्टनरको झन्डै ५ लाख कित्ता बढी शेयर दोस्रो बजारमा बिक्रि गर्ने भएको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको हिमालयन पावर पार्टनरको चार लाख पन्चानब्बे हजार कित्ता शेयर दोस्रो बजारमा बिक्रि गर्न लागेको हो ।
कम्पनीको वृद्धिलाई ध्यानमा राखी आवश्यकता तथा औचित्यताको आधारमा ति दोस्रो बजारमा बिक्री गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।
कम्पनीले विद्युत नियमन आयोगले जारी गरेको विद्युत सम्बन्धि कम्पनीको शेयरको सार्वजनिक निष्काशनको पूर्वस्वीकृती तथा नियमन सम्बन्धि निर्देशिका, २०७८ को दफा ११ अन्तर्गत सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशन गर्दै यस बारे जानकारी दिएको हो।