
नयाँ ब्रोकरको लाईसेन्सको लागि आवेदन दिने समय २ दिन मात्र बाँकि हुँदा हालसम्म ३२ कम्पनीले आवेदन दिएका छन् ।नेपाल स्टक एक्सचेन्ज नेप्सेबाट ३२ कम्पनीले ब्रोकर कम्पनीको लाईसेन्सको लागि सिफारिस लिएका हुन् ।
सिफारिस लिएका जति सबै कम्पनीले भने नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेका छैनन् । कतिपयले नेप्सेबाट शुक्रबार सिफारिस लिएकोले उनीहरु बोर्डमा आवेदन दिन जान बाँकि नै छ । आवेदन दिन २ दिन मात्र रहंदा अब आज र भोली सिफारिस लिनेको संख्या बढ्न सक्ने देखिन्छ। ब्रोकर लाईसेन्सको लागि आवेदन दिंदा नेप्सेको सिफारिस चाहिने ब्यबस्था ऐनमा रहेकोले नेप्सेले सिफारिस माग गरेका सबै कम्पनीलाई लाईसेन्सको लागि सिफारिस गर्ने निर्णय गरिसकेको छ ।
नेपाल धितोपत्र बोर्ड प्रवक्ता रुपेश केसीले आवेदन दिन आउँदा नेप्सेको सिफारिस पत्र पनि आवश्यक पर्ने बताए । आवश्यक कागजात मध्ये एउटा कागजात नेप्सेको सिफारिस पत्र पनि रहेको उनले उल्लेख गरेका हुन् ।
बोर्डले असोज २ गते ब्रोकर लाइसेन्सको लागि आवेदन खुलाएको हो । बोर्डले योग्य तथा इच्छुक कम्पनीलाई ३० दिन भित्र आवेदन दिन आग्रह गरेको छ । बोर्डले नयाँ ब्रोकर लाईसेन्स खुलाउन धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यवसायी) नियमावली २०६४ मा पनि संशोधन गरेको थियो ।
संशोधन अनुसार नियमावली लागु भएपछि लगत्तै र त्यसपछि हरेक ३ वर्षमा अध्ययन गरेर ब्रोकर लाइसेन्स खुलाउने उल्लेख छ । त्यस्तै संशोधित ब्यबस्थाले ३ तहको ब्रोकरको ब्यबस्था गर्दै चुक्ता पुँजी पनि बढाएको छ । यद्यपि हाल भईरहेका ब्रोकरले भने २०८२ असार मसान्तसम्म बोर्डले तोकेको चुक्ता पुँजी पुर्याउन सक्ने छन् ।
यी हुन् हालसम्म आवेदन दिने ३२ कम्पनी :
- भोले गणेश सेक्युरिटिज लिमिटेड,
- क्यापिटल म्याक्स सेक्युरिटिज प्रालि,
- कलश सेक्युरिटिज,
- हिमालयन ब्रोकरेज कम्पनी,
- एनएमबी सेक्युरिटिज लिमिटेड,
- केबीएल सेक्युरिटिज लिमिटेड,
- प्रोपर्टी बिजार्ड लिमिटेड,
- सेयरप्रो सेक्युरिटिज लिमिटेड,
- माछापुच्छ्रे सेक्युरिटिज प्रालि,
- एनआईसी एसिया सेक्युरिटिज लिमिटेड,
- सन सेक्युरिटिज प्रालि,
- पाही इन्भेस्टमेन्ट लिमिटेड,
- मियो सेक्युरिटिज प्रालि,
- मेगा स्टक ब्रोकर लिमिटेड,
- एलिट स्टक हाउस,
- इन्फिनिटी सेक्युरिटिज लिमिटेड,
- इन्डेक्स सेक्युरिटिज लिमिटेड,
- जेबीएनएल सेक्युरिटिज लिमिटेड,
- प्रभु स्टक मार्केट क्यापिटल लिमिटेड,
- आरबीबी सेक्युरिटिज कम्पनी लिमिटेड,
- एसपीएसबी सेक्युरिटिज लिमिटेड,
- नबिल सेक्युरिटिज लिमिटेड,
- शुभकामना सेक्युरिटिज प्रालि,
- ट्रेडमो सेक्युरिटिज प्रालि,
- सानिमा सेक्युरिटिज लिमिटेड,
- आकाशभैरव सेक्युरिटिज लिमिटेड,
- हिमालयन सेक्युरिटिज लिमिटेड,
- क्यापिटल हब प्राली,
- गरिमा सेक्युरिटिज लिमिटेड,
- स्टक्सकाट्र्स सेक्युरिटिज लिमिटेड,
- हातेमालो फानान्सियल सर्भिसेज प्रालि
- सीबीआईएल सेक्युरिटिज
यो पनि : ब्रोकर, स्टक, र लघुबीमाको लाईसेन्स किन नरोक्ने भन्दै निर्वाचन आयोगले सरकारलाई सोध्यो स्पष्टिकरण