
विश्व लगानीकर्ता सप्ताह–२०२२ को अवसरमा एनआईबिएल एस क्यापिटलले लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम गरेको छ । क्यापिटलले नेपाल धितोपत्र बोर्ड तथा मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्ग कं. प्रा. लि. को सहकार्यमा असोज २८ गते इलाममा कार्यक्रम गरेको हो ।
क्यापिटलले नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण प्रसाद शर्मा प्रमुख आथित्यतामा “धितोपत्र बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम“ आयोजना गरेको हो । सो कार्यक्रम ईलाम बजार तथा सो क्षेत्र आसपासका आम लगानीकर्ताहरुको उत्साहपूर्ण सहभागिताका बिच सम्पन्न भएको क्यापिटलले जनाएको छ।
क्यापिटलका अनुसार कार्यक्रममा नेपालको धितोपत्र बजारका विभिन्न जानकारी मूलक सामाग्रीहरु प्रस्तुत गरीएको थियो । सो क्रममा नेपालको धितोपत्र बजारको नियमन निकाय नेपाल धितोपत्र बोर्डको तर्फबाट सहायक निर्देशक हरी प्रसाद भुसालले र एनआईबिएल एस क्यापिटलको तर्फबाट म्युचुअल फण्ड विभाग प्रमुख पोस्कर बस्नेतलेले प्रशिक्षण दिएका थिए ।
स्थानिय लगानीकर्ताहरुका धितोपत्र बजार सम्बन्धी विभिन्न जिज्ञासाहरुको सम्बोधन र विभिन्न आयामहरुको बारेमा समेत छलफल भएको क्यापिटलले जनाएको छ। कार्यक्रममा धितोपत्र बजारको ब्रोकिङ्ग सेवा तथा यस सम्बन्धीत अन्य जिज्ञासाहरुको बारेमा मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्ग कं. का प्रबन्ध निर्देशक परमेश्वर भक्त मल्लले सम्बोधन गरेका थिए।