बैंक अफ काठमाण्डूको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2022 | 02:00:13 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डूले लाभांश घोषणा गरेको छ । बैंकको आज आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को लागि लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको १४.९५ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनश शेयर गरी जम्मा २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफा समेतबाट लाभांश वापत बैंकको चुक्ता पूँजीको १४.९५ प्रतिशत नगद लाभांश रु.१,५८,८२,८७,११३.७६ (लाभांशमा लाग्ने कर समेत) र ६ प्रतिशतका दरले हुने रु.६३,७४,३९,६४४.३२ बराबरको बोनश शेयर गरी जम्मा २०.९५ प्रतिशतले हुने जम्मा रु.२,२२,५७,२६,७५८.०८ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ।  हाल बिओके र ग्लोबल आईअमेई बैंक मर्जर प्रक्रियामा छन्  । 

यस सँगै बिओके लाभांश घोषणा गर्ने चौथो वाणिज्य बैंक बनेको छ  । यस अघि सिटिजन्स, कुमारी, र एनसीसीले लाभांश घोषणा गरिसकेका छन्  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved