कुमारी क्यापिटलले चौथो सामुहिक लगानी कोष योजना संचालन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2022 | 12:01:47 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी क्यापिटलले चौथो  म्युचुअल फण्ड संचालन गर्ने भएको छ । क्यापिटलले कुमारी सामुहिक लगानी कोष अन्तर्गत संचालन हुने गरि कुमारी सबल योजना नामक फण्ड संचालन गर्नको लागि अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले भदौ २९ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले कुमारी सबल योजनाको प्रति इकाई १० रुपैयाँको दरले १ अर्ब बराबरको १० करोड इकाई निष्काशन गर्न लागेको हो । यो बन्दमुखी योजना हो । 

कम्पनीले हाल कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजना संचालन गरिरहेको छ । त्यस्तै खुलामुखी प्रकृतिको कुमारी सुनौलो लगानी योजना नामक योजना संचालन अनुमतिको लागि गत भदौमा बोर्डमा आवेदन दिएको छ  । उक्त योजनाको अनुमति पाउने चरणमा रहेको क्यापिटलले जनाएको छ  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved