शेयरबजार सुस्त: १२४ कम्पनीको मूल्य घट्यो, कारोबार रकम ५१ करोड मै सिमित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2022 | 03:20:24 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज शेयर बजार परिसूचक नेप्से सामान्य गह्तेको छ। आज नेप्से सूचक २.६१ अंकले घटेर १८५८.३३ को बिन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबारमा आएका २१९ कम्पनीका १६ लाख ३१ हजार ३ सय ४९ कित्ता शेयर खरिद बिक्रिबाट ५१ करोड ५८ लाख १८ हजार ९ सय ८९ रुपैयाँ ८३ पैसाको कारोबार भएको छ । जस मध्ये नबिल बैंकको सबैभन्दा धेरै २ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ भने प्रभु बैंकको २ करोड ६१ लाखको कारोबार भएको छ । त्यस्तै रिडी पावर कम्पनीको २ करोड २६ लाख, हिमालयन डिस्टिलरीको १ करोड ८० लाख तथा प्राइम कमर्शियल बैंकको १ करोड ६२ लाखको कारोबार भएको छ ।

आज अभियान लघुवित्तको शेयर मूल्य ९.९९ प्रतिअशत बढेको छ भने सयपत्री हाइड्रोको शेयर मूल्य ९.९६ प्रतिशत बढेको छ । त्यस्तै कुमारी धनवृद्धि योजनाको इकाई मूल्य ३.८५ प्रतिशत बढेको छ भने इन्फिनिटी लघुवित्तको शेयर मूल्य ३.८० प्रतिशतले बढेको छ ।

आज पिपुल्स पारको शेयर मूल्य सर्वाधिक ९.९७ प्रतिशतले घटेको छ भने बलेफी हादिरोको शेयर मूल्य ५.१० प्रतिशतले घटेको छ । त्यस्तै रिलायन्स फाइनान्सको शेयर मूल्य ४.७२ प्रतिशतले घटेको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य ४.४३ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका मध्ये विकास बैंक, हाइड्रो, फाइनान्स, उत्पदन तथा प्रशोधन, लघुवित्त, जीवन बीमा र लगानीका समुहगत सूचक घटेका छन् । जसमा विकास बैंक समुह सर्वाधिक ०.८२ प्रतिशतले घटेको छ । त्यस्तै आज बैंकिंग, ट्रेडिङ, होटेल तथा टुरिजम, निर्जीवन बीमा, अन्य, र म्युचुअल फण्डका समुहगत सूचक बढेका छन् । जस मध्ये होटेल तथा टुरिजम समुह सर्वाधिक ०.४१ प्रतिशतले बढेको छ ।

आज कारोबारमा आएका मध्ये १२४ कम्पनीको मूल्य घटेको छ भने ५३ कम्पनीको मूल्य बढेको छ । ६ कम्पनीको मूल्य भने स्थिर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved