सिद्धार्थ क्यापिटलद्वारा लगानिकर्ता सचेतना तथा अन्तक्रिया कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2022 | 09:00:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ क्यापिटलले धितोपत्र बजार सम्बन्धि लगानिकर्ता सचेतना तथा अन्तक्रिया कार्यक्रम गरेको छ । क्यापिटलले विश्व लगानीकर्ता सप्ताहको अवसरमा इन्द्रेणी कलेज भरतपुर चितवनमा उक्त कार्यक्रम गरेको हो ।

 कार्यक्रमको सहजीकरण नेपाल धितोपत्र बोर्डका सहायक निर्देशकहरु दिपेश चौलागाई र भुवन देशार तथा सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट मुक्तिनाथ सुवेदी, निरजन कार्की र नमिता कट्टेलले गरेका थिए । विद्यार्थीहरूलाई धितोपत्र बजारका आधारभूत पक्षहरू र नेपालको धितोपत्र बजारमा लगानी गर्ने प्रक्रियाबारे जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार उक्त कार्यक्रममा सय जना भन्दा बढी विद्यार्थी तथा अन्य सहभागिहरुको सहभागीता रहेको थियो । धितोपत्र बजार र लगानी सम्बन्धी विद्यार्थीका विभिन्न जिज्ञासाहरुलाई सहजकर्ताहरुले सम्बोधन गरेको क्यापिटलले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved