आज शेयर कारोबार नहुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2022 | 08:19:12 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार शेयर कारोबार नहुने भएको छ । सरकारले आज सार्वजनिक विदा दिएकोले सम्पूर्ण सरकारी कार्यालय बन्द हुने हुँदा शेयर कारोबार पनि नहुने भएको हो ।

सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज एक दिन सार्वजनिक बिदा दिएको हो । गृह मन्त्रालयले जारी गरेको सूचनामा कार्तिक १ गते देशैभर सार्वजनिक बिदा दिइएको उल्लेख छ । साथै सो दिन राष्ट्रिय झन्डा आधा झुकाउने पनि मन्त्रालयले उल्लेख गरेको छ ।

जोशीको  आइतबार बिहान  ७ बजेर ९ मिनेटमा किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा निधन भएको हो ।  विगत लामो समय देखि प्रोष्टेड तथा मुटुको समस्याबाट गुज्रिरहेका उनलाई कमजोरी देखिएका कारण २०७९/०६/०७ गते ईमर्जेन्सीमा ल्याई भर्ना गरिएको थियो । अस्पतलाका अनुसार उनको रगत परीक्षण गर्दा डेङ्गु संक्रमण देखिएको र छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थिए । अस्पतालले उनलाई निरन्तर अक्सिजन सपोर्टमा राखेको थियो । गत शुक्रबारदेखि  औषधि चलाएता पनि शरिरले राम्रो काम नगरेको र उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको थियो ।  सँस्कृतिविद जोशी तीनपटकसम्म मदन पुरस्कार पाउने एक मात्र व्यक्तित्व हुन् । 

उनको पार्थिव शरीर हिजो नै किस्ट अस्पताललाई हस्तान्तरण गरिएको छ । उनकै इच्छा अनुसार अध्ययन तथा अनुसन्धान प्रयोजनको लागि उनको शरीर नजलाई अस्पताललाई प्रदान गरिएको हो । उनले नै आफु सय वर्ष भन्दा बढी कसरि बाँचे भनेर आफ्नो मृत्युपछि यस बारे अध्ययन होस् भनेर अस्पताललाई शव दिने निर्णय गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved