एनआईसीको खुलामुखी म्युचुअल फण्डको बुक क्लोज मिति त्रुटीपूर्ण हो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2022 | 11:17:05 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया क्यापिटलले आफ्नो खुलामुखी योजनाको लाभांश बितरणको लागि तय गरेको बुक क्लोज मिति उस्तै प्रकृतिको अर्को खुलामुखी योजनाको भन्दा फरक देखिएको छ । एनआईसी एसिया क्यापिटलले संचालन गरेको खुलामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड लाभांश वितरणको लागि लाभांश घोषणा गरेकोभन्दा १८ दिनपछि बुक क्लोज मिति तय गरेको छ ।

तर उस्तै प्रकृतिको योजना संचालन गरिरहेको एनआईबिएल एस क्यापिटलको एनआईबिएल सहभागिता फण्डले लाभांश घोषणा गरेकै दिन बुक क्लोज मिति तय गरेको थियो । 

 एनआईसी एसिया क्यापिटलले आफुले संचालन गरिरहेको  खुलामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले ६ प्रतिशत लाभांश बितरण गर्ने गरि असोज २८ गते निर्णय गरेको थियो। एनआइबिएलले खुलामुखी योजनाको लाभांश बितरणको लागि लाभांश घोषणा भएकै दिन बुक क्लोज मिति कायम गरेको थियो। तर एनआईसी क्यापिटलले भने लाभांश घोषणा भएको दिनभन्दा १८ दिनपछि बुक क्लोज मिति तय गरेको छ । क्यापिटलले लाभांश वितरणको लागि कार्तिक १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

त्रुटीपूर्ण हो ?

खुलामुखी योजनामा इकाई संख्या यकिन हुदैन । अर्थात् लगानीकर्ताले सजिल्यै आफुले चाहेजति इकाई कारोबार समयमा खरिद गर्न सक्दछन्। यसो हुँदा हरेक दिन इकाई संख्या बढी रहेको हुन्छ। क्यापिटलले लाभांश घोषणा गर्दा आफुसँग भएको सम्पतिको आधारमा तत्काल कायम रहेका इकाईहरुलाई दिन पुग्ने गरि लाभांश घोषणा गरेको हुन्छ । तर इकाईसंख्या थपिएपछि थपिएको इकाईको लागि पनि लाभांश दिनको लागि क्यापिटलसँग  पर्याप्त रकम नहुन सक्छ। सोहि कारण एनआईबिएलले खुलामुखी योजनाको फण्डमा लाभांश घोषणा भएकै दिन बुक क्लोज मिति तय गर्ने गरेको छ । तर एनआईसी क्यापिटलले भने १८ दिनपछि बुक क्लोज मिति तय गर्दा १८ दिनको अवधिमा थपिएको इकाईलाई लाभांश दिनको लागि रकम कहाँ बाट जुटाउछ भन्ने प्रश्न खडा हुन्छ । 

 के भन्छ क्यापिटल ?

क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायामाझी बुक क्लोजका बारे स्पष्ट ब्यबस्था नहुँदा केहि अन्योल देखिएको बताउछन् । तर लाभांश घोषणा गरेको मिति भन्दा केहि दिनपछि बुक क्लोज गर्दा पनि समस्या नहुने उनको भनाई छ । थपिएको अवधिमा इकाई खरिद गर्ने इकाईधनीलाई इकाईधनीले इकाई खरिद गर्न दिएको रकम बाट नै लाभांश दिन सकिने भएकोले यसमा समस्या नहुने उनको भनाई छ । कहिँ कतै पनि खुलामुखी योजनाको बुक क्लोज बारे स्पष्ट उल्लेख नभएकोले यसबारे नियामक निकायले स्पष्ट पार्नु पर्ने उनी बताउछन् । 

यदि कसैले लाभांश घोषणापछि पनि इकाई खरिद गर्छ भने थपिएको इकाईलाई लाभांश दिनको लागि इकाईधनीले इकाई खरिद गर्न कै लागि हालेको रकम प्रयोग हुने र लाभांश दिनकै लागि रकम अभाव नहुने उनको भनाई छ ।  

के भन्छ धितोपत्र बोर्ड ?

नेपाल धितोपत्र बोर्डले पनि खुलामुखी म्युचुअल फण्डको हकमा लाभांश घोषणा भएकै दिन बुक क्लोज मिति तय गर्नु पर्ने प्रष्ट पारेको छ । बोर्डका प्रवक्ता रुपेश केसीले खुलामुखी म्युचुअल फण्डको हकमा लाभांश घोषणा भएकै दिन बुक क्लोज मिति तय गर्ने अन्तराष्ट्रिय अभ्यास रहेको र नेपालमा पनि सोहि अभ्यास नै फलो गर्ने गरिएको बताए । यदि कसैले यो ब्यबस्था भन्दा फरक ढंगले बुक क्लोज मिति तय गरेको भए पहिलो चरणमा यसबारे के कसो भएको हो भनी प्रष्ट पार्न लगाउने र त्यसपछि आएको जवाफको आधारमा नियम अनुसार बुक क्लोजको मिति पुन: तय गर्न निर्देशन दिईने उनले बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved