नयाँ ब्रोकर लाइसेन्ससँगै सेलायो ब्रोकर कमिसन घटाउने चर्चा, के भन्छ धितोपत्र बोर्ड ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2022 | 11:30:59 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ ब्रोकर लाइसेन्सको प्रकृया अगाडी बढेसँगै ब्रोकर कमिसन घटाउने चर्चा सेलाएको देखिएको छ। नेपाल धितोपत्र बोर्डले पटक पटक ब्रोकर कमिसन घटाउने प्रतिवद्दता जनाएपनि अहिलेसम्म ब्रोकर कमिसन घटाउनेबारे केहि प्रकृया पनि अगाडी बढ्न नसकेको हो। 

नेपाल धितोपत्र बोर्डको अध्यक्ष रमेश हमालले बिभिन्न कार्यक्रम तथा संचारमाध्यम मार्फत ब्रोकर कमिसन घटाउने प्रतिवद्दता जनाएपनि अहिलेसम्म कार्यन्वयन भने हुन सकेको छैन। 

नयाँ ब्रोकर लाइसेन्सको प्रकृया अगाडी बढाउने चाहना नहुँदा नहुँदै ब्रोकर लाइसेन्स अगाडी बढाउनु परेकाले अहिले ब्रोकर कमिसन घटाउने कुरालाइ बोर्ड अध्यक्ष हमालले थाँती राखेको स्रोतको दाबि छ। स्रोत भन्छ,- 'नयाँ स्टक एक्सचेन्ज, कमोडीटी एक्सचेन्ज, स्टक डिलर र पूर्ण कार्य गर्ने दलालको लाइसेन्स मात्र वितरण गर्ने चाहना विपरित सिमित कार्य गर्ने दलालको पनि लाइसेन्स वितरण गर्न बोर्ड बाध्य भएकाले अब उनीहरुको आम्दानीको बाटो सुरक्षित गर्नलाई पनि ब्रोकर कमिसन घटाउन बोर्ड अध्यक्ष हमाल इच्छुक नभएका हुन्। सम्भवत: ब्रोकर कमिसन घट्दैन। '

तर नेपाल धितोपत्र बोर्डका प्रवक्ता रुपेश केसीले भने अहिले ब्रोकर कमिशन घटाउने विषय अध्ययन कै क्रममा रहेको बताएका छन् ।  उनकाअनुसार ब्रोकर कमिशन लगायत बजारका समग्र शुल्कका बारेमा अध्ययन गर्न कमिटि गठन भएको थियो। सोहि अनुसार आश्वा शुल्क घटाईएको हो । धेरै लगानीकर्तालाई असर पर्ने भएकोले सुरुमा प्राथमिक बजार अन्तर्गतको आश्वा शुल्क तत्काल घटाईएको र अब डिपी शुल्क ब्रोकर कमिशबारे भने अध्ययन भईरहेको प्रवक्ता केसीले बिजपाटीलाई बताए । 

 पछिल्लो समय दक्षिण एसियामै नेपालमा ब्रोकर कमिसन बढी भएकाले यसको दर घटाउनुपर्ने लगानीकर्ताका संघ संगठन तथा बिभिन्न संस्थाहरुको माग रहँदै आएको थियो।  सोहिअनुसार लगानीकर्ताका संगठन तथा बिभिन्न संस्थाहरुले ब्रोकर कमिसन घटाउनुपर्ने भन्दै धितोपत्र बोर्डमा निवेदन समेत दिएका थिए। 

२०७७ साल पुसमा घट्यो ब्रोकर कमिसन,  त्यो बेला कति घट्यो ?

लगानीकर्ताले ५० हजार सम्मको कारोबारमा ०.६ प्रतिशत कमिसन तिर्नुपर्नेमा  ०.४०२ प्रतिशतले तिरे हुने बनाइएको थियो। त्यस्तै ५० हजारदेखि पाँच लाख रुपैयाँसम्मको कारोबारमा ०.५५ प्रतिशत तिर्नुपर्नेमा  ०.३६८५ प्रतिशत कायम गरिएको थियो। 

५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.५० प्रतिशत र २० लाखदेखि एक करोडसम्मको कारोबारमा ०.४५ प्रतिशत तिर्नुपर्ने व्यवस्था थियो।  यसलाई घटाएर ५ लाख देखि २० लाख सम्मको लागि ०.३३५ प्रतिशत र २० लाखदेखि करोडसम्मको कारोबारमा ०.३०१५ प्रतिशत तिर्नु पर्ने व्यवस्था गरिएको थियो। 

करोड भन्दा माथिको कारोबारको हकमा ०.४० प्रतिशत तिर्नुपर्ने व्यवस्थालाई हटाएर ०.२६८ प्रतिशत तिरे पुग्‍ने ब्नाइएको थियो। लगानीकर्ताले तिर्ने एकमुष्ट कमिसनमध्ये नेपाल स्टक एक्सचेन्जले २० प्रतिशत र नेपाल धितोपत्र बोर्डले ०.६० प्रतिशत लिने व्यवस्था छ। 

अहिले ब्रोकर कमिसन घटाउँदा संचालनमा रहेका सेयर दलालको मात्र नभई सेयर दलालको लाइसेन्सको पर्खाईमा रहेका ब्रोकरहरुको पनि आम्दानी घट्ने भएकाले नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने बिषयलाई प्राथमिकतामा नराखेको बजार चर्चा छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved