ब्रोकर लाईसेन्सको लागि आवेदन दिएका ४६ मध्ये १७ वटाको कम्पनी दर्ता नै 'गैर कानुनी'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2022 | 09:28:12 AM मा प्रकाशित

laxmi  sunrise bank

ब्रोकर लाईसेन्सको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका ४६ मध्ये १७ वटाको कम्पनी दर्ता नै गैर कानुनी भएको पाईएको छ । यी १७ वटा कम्पनीले प्राइभेट कम्पनीको रुपमा रहने गरि कम्पनी दर्ता गराएर ब्रोकर लाईसेन्सको लागि आवेदन दिएकोले कम्पनी दर्ता नै गैर कानुनी भएको हो ।

कम्पनी ऐन २०६३ ले धितोपत्र व्यवसाय गर्ने कम्पनी अनिवार्य रुपमा पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापना हुनु पर्ने ब्यबस्था गरेको छ । कम्पनीको ऐनको दफा १२ ले केहि खास कारोबार गर्ने कम्पनी पब्लिक कम्पनी हुनु पर्ने ब्यबस्था गरेको छ । दफा १२ मा भनिएको छ 'यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बैड्ढि· कारोबार, वित्तीय कारोबार, बिमा व्यवसाय सम्बन्धी कारोबार, धितोपत्र बजार सम्बन्धी व्यवसाय, निवृत्तभरण कोष वा सामूहिक बचत कोष (म्युच्युअल फण्ड) सञ्चालन गर्ने कम्पनी पाँच करोडभन्दा बढी चुक्ता पुँजी भएको दूरसञ्चार सेवा प्रदायक कम्पनी वा तोकिए बमोजिमको अन्य व्यवसाय वा कारोबार सञ्चालन गर्ने कम्पनी पब्लिक कम्पनीको रुपमा संस्थापना हुनु पर्नेछ ।' 

यस हिसाबमा धितोपत्र बजार सम्बन्धी व्यवसाय अर्थात् ब्रोकर कम्पनीहरु अनिवार्य रुपमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता हुनु पर्थ्यो। तर १७ वटा कम्पनीले भने प्राईभेट कम्पनी नै दर्ता गरेर आवेदन दिएका हुन् ।

यसरी प्रालि कै रुपमा दर्ता भएका केहि कम्पनीले 'धितोपत्र व्यवसाय' भनेको स्टक एक्सचेन्जलाई जनाउने र ब्रोकरलाई नजनाउने भएकोले ब्रोकर कम्पनीहरु पब्लिक हुनु नपर्ने जिकिर गरेका छन् । तर धितोपत्र समबन्धि ऐन २०६३ ले स्टक एक्सचेन्जलाई धितोपत्र व्यवसाय नभई धितोपत्र बजार भनेर उल्लेख गरेको छ । सोहि ऐनको दफा ६३ ले धितोपत्र व्यवसायको किसिम उल्लेख गरि पहिलो नम्बरमा धितोपत्र दलाली,र दोस्रो नम्बरमा धितोपत्र व्यापार राखेको छ । यसबाट पनि धितोपत्र व्यवसाय भनेको धितोपत्र दलाली सेवा अर्थात् ब्रोकर सेवा पनि हो भन्ने प्रष्ट हुन्छ । 

कुन कुन हुन् ति १७ कम्पनी ? 

१. शेयरप्रो सेक्यूरिटिज प्रा.लि. - सिमित कार्य गर्ने दलाल

२. सन सेक्युरिटिज प्रा.लि. - सिमित कार्य गर्ने दलाल

३. क्यापिटल म्याक्स सेक्यूरिटिज प्रा.लि.- सिमित कार्य गर्ने दलाल .

४. क्यापिटल हब प्रा.लि.- सिमित कार्य गर्ने दलाल

५. इगल स्टक इकयुटी प्रा.लि. - सिमित कार्य गर्ने दलाल

६. पाही इन्भेष्टमेन्ट प्रा.लि. - सिमित कार्य गर्ने दलाल

७. मियो सेक्यूरिटिज प्रा.लि. - सिमित कार्य गर्ने दलाल

८. इन्दिरा सेक्युरिटिज प्रा.लि. - सिमित कार्य गर्ने दलाल

९. कलस स्टक मार्केट प्रा.लि. सिमित कार्य गर्ने दलाल

१०. हातेमालो फाइनान्सियल सर्भिसेस प्रा.लि - सिमित कार्य गर्ने दलाल

११. म्याग्नेट सेक्यूरिटिज एण्ड इन्भेष्टमेन्ट कम्पनी प्रा.लि. - सिमित कार्य गर्ने दलाल

१२. सी.जी. इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा.लि. - सिमित कार्य गर्ने दलाल

१३. मनि बर्ल्ड शेयर एक्सचेन्ज प्रा.लि -सिमित कार्य गर्ने दलाल

१४. बेनी सेक्युरिटिज प्रा. लि. - सिमित कार्य गर्ने दलाल

१५. एप्पल सेक्यूरिटिज प्रा. लि. - सिमित कार्य गर्ने दलाल

१६. शुभकामना सेक्यूरिटिज प्रा. लि. - सिमित कार्य गर्ने दलाल

१७. ट्रेडमो सेक्यूरिटिज प्रा. लि. - सिमित कार्य गर्ने दलाल 


के भन्छ कम्पनी रजिष्ट्रारको कार्यालय ?

कम्पनी रजिष्ट्रारको कार्यालयले ब्रोकर कम्पनी पब्लिक हुनु पर्ने भएपनि प्राइभेट कै रुपमा दर्ता गरेको स्वीकार गरेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयका कानुन विभागका उप रजिष्ट्रार टोप बहादुर विष्टले लाईसेन्स लिन चाहनेलाई यो ब्यबस्था बारे जानकारी नभएको देखिए बताए। उनले भने ' कम्पनी दर्ता गर्न आउँनेहरुलाई ब्रोकर कम्पनी पब्लिक हुनु पर्छ भन्ने थाहा रहेनछ, उहाँहरु प्रालि कै रुपमा कम्पनी दर्ता गर्न 'लास्ट आओर' मा आउनु भयो, फेरी पब्लिकको रुपमा दर्ता गरेर आवेदन दिनलाई समय नरहेकोले प्रालि कै रुपमा दर्ता गरिएको हो' । हाल अन्य ब्रोकर कम्पनी पनि प्रालि कै रुपमा रहेकोले पनि प्रालि कै रुपमा दर्ता गरेर सहजीकरण गरिएको उनले बताए । 

तर उनले अहिले कम्पनी दर्ता मात्र भएको बताए । यदि अहिले प्रालिका रुपमा दर्ता भएका कम्पनीले धितोपत्र बोर्डबाट ब्रोकर लाईसेन्स पाएमा व्यवसाय सुरु गर्नु भन्दा अगाडी उनीहरुले आफ्नो कम्पनीलाई पब्लिक बनाउनु पर्ने बताए । उनले भने ' अहिले प्रालि मै दर्ता गरिएको हो, उहाँहरुले लाईसेन्स पाउनु भयो भने व्यवसाय सुरु गर्नु अगाडी पब्लिक कै रुपमा परिणत हुनु पर्छ, लाईसेन्स पाएनन् भने ति कम्पनी निष्क्रिय रहेर खारेजी प्रक्रियामा जान्छन्' । लाईसेन्स पाएको खण्डमा भने व्यवसाय सुरु गर्नु अगाडी पब्लिक नै हुनु पर्ने शर्त तोकिएको उनले प्रष्ट पारे ।

के भन्छ धितोपत्र बोर्ड ?

नेपाल धितोपत्र  बोर्डका प्रवक्ता रुपेश केसी बोर्डले 'धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी ) (पाँचौ संशोधन) नियमावली, २०७९' मा भएको ब्यबस्था अनुसार आवेदन माग गरिएको छ । नियमावलीमा पब्लिक वा प्राइभेट उल्लेख नभएकोले अहिलेलाई आवेदन बुझेको तर बोर्डले यसबारेमा छलफल गर्न बाँकि नै रहेको बताए । 


यो पनि : चुनाव अगाडी नै नयाँ ब्रोकरको लाईसेन्स, यस्तो छ अबको प्रकिया


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved