नेप्सेको नयाँ वेबसाइट कार्तिक २७ गतेबाट पूर्णरुपमा संचालनमा आउँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2022 | 01:14:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जको नेप्सेको नयाँ वेबसाइट कार्तिक २७ गतेबाट पूर्णरुपमा संचालनमा आउने भएको छ । नयाँ वेबसाइट पूर्ण रुपमा संचालनमा आउँन लागेकोले नेप्सेले सम्पूर्ण सुचिकृत कम्पनीहरुलाई नयाँ वेबसाइटको लागि लगइन आईडी लिनको लागि आग्रह गरेको छ ।

नेप्सेले सञ्चालन गरेको नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स)  को लगईन आइडी नलिएका सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई नेप्सेले कार्तिक २५ गते भित्र नै अनिवार्यरुपमा  नट्सको लगईन आइडी लिईसक्न आग्रह गरेको हो।

नेप्सेका अनुसार कम्पनीहरुको सूचना तथा विवरणहरु नयाँ वेवसाइटबाट सार्वजनिक गर्नका लागि सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई नेप्सेको नट्सको लगईन आइडी अनिवार्य चाहिन्छ । कार्तिक २७ गतेपछि  सूचीकृत सम्पूर्ण कम्पनीहरुको सूचना तथा विवरणहरु नयाँ वेवसाइटबाट मात्रै सार्वजनिक हुने र पुरानो वेवसाइट अर्न्तगतका सम्पूर्ण लगइन आईड खारेज हुने नेप्सेले जनाएको छ । 

 सूचीकृत कम्पनीहरुले सूचना तथा विवरणहरु तोकिएको समयभित्र सम्प्रेषण गर्न नसकेमा प्रचलित प्रावधान अनुसार भई जाने समेत नेप्सेले प्रष्ट पारेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved