नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स फण्ड २ को कारोबार फुकुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2022 | 02:32:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टल एक्सचेन्ज नेप्सेले नबिल इन्भेष्टमेन्ट बैंकिङले संचालन गरेका २ वटा सामुहिक लगानी कोष योजनाको कारोबार फुकुवा गरेको छ । नेप्सेले नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स फण्ड २ को कारोबार फुकुवा  गरेको हो । 

लाभांश बितरण सम्बन्धि सूचना नियम अनुसार समयमा नै जानकारी नदिई कारोबार समयमा दिएको भन्दै नेप्सेले कारोबार रोक्का गर्दै स्पष्टिकरण सोधेको थियो । जवाफमा नबिल इन्भेष्टमेन्ट बैंकिङले मानवीय त्रुटी भएको, अब उप्रान्त त्यस्तो गल्ति नदोहोर्याउने प्रतिवद्दता सहित क्षमा मागेकोले सचेत गराउदै कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ । साथै नेप्सेले कम्पनीलाई धितोपत्र सूचीकरण बिनियमावलीमा भएका ब्यबस्था अक्षरस पालना गर्नको सचेत गराएको छ । नेप्सेका अनुसार कार्तिक १४ गतेदेखि लागु हुने गरि दुवै फण्डको कारोबार फुकुवा गरिएको छ ।

लाभांश घोषणा सम्बन्धि सूचना सोहि दिन वा भोलिपल्ट कारोबार सुरु हुनु अगाडी नेप्से मार्फत जानकारी गराउनु पर्नेमा यी दुई योजनाले कारोबार समयमा सूचना दिएपछि नेप्सेले  स्पष्टिकरण सोधेको थियो ।  नबिल इन्भेष्टमेन्ट बैंकिङको असोज २५ गते  बिहान १० बजे बसेको संचालक समितिको बैठकले इक्विटी फण्ड र नबिल ब्यालेन्स फण्ड २    लाभांश घोषणा गरेको थियो । नियम अनुसार उक्त जानकारी असोज २५ गते कारोबार खुल्नु अगाडी नै नेप्से मार्फत जानकारी गराउनु पर्ने थियो । तर ढिलो गरि असोज २६ गते मात्र यस बारे नेप्सेलाई जानकारी दिएको र त्यो पनि कारोबार समयमा जानकारी दिएकोले नेप्सेले कारोबार रोक्का गर्दै स्पष्टिकरण सोधेको थियो।


 नबिल म्युचअल फण्ड अन्तर्गतको योजना नबिल व्यालेन्स्ड फण्ड २ ले आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको ईकाइधनीहरुलाई ७ प्रतिशत (कर सहित) का दरले हुन आउने रकम रु. ७,८४,००,०००।- (अक्षेरुपी सात करोड चौरासी लाख रुपैयाँ मात्र) प्रतिफल वितरण गर्ने निर्णय गरेको  छ।

त्यस्तै  नबिल म्युचअल फण्ड अन्तर्गतको योजना नबिल इक्वीटी फण्डले आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको ईकाइधनीहरुलाई ५ प्रतिशत (कर सहित) का दरले हुन आउने रकम रु. ६,२५,००,०००।- (अक्षेरुपी छ करोड पच्चीस लाख रुपैयाँ मात्र) प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

लाभांश बितरण प्रयोजनको लागि दुवै योजनाले  कार्तिक १८ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेका छन्। कार्तिक १७ गतेसम्म कायाम इकाईधनीले मात्र उक्त लाभांश पाउँन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved