सिद्धार्थ बैंकको नाफा ४७ प्रतिशतले घट्यो, खराब कर्जा पनि ह्वात्तै बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2022 | 12:32:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंकले आर्थिक वर्षको पहिलो त्रैमासमा ४९ करोड ८२ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ४९ करोड ८२ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आर्थिक वर्षको सोही अबधिमा बैंकले ९४ करोड ८७ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

गत वर्षको यो अवधिको तुलनामा बैंकको खुद नाफा ४७.४८ प्रतिशतले घटेको हो ।

पहिलो त्रैमास सम्ममा बैंकको वितरणयोग्य नाफा १ अर्ब २२ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।

असोज मसान्त सम्ममा बैङ्कले  १ खर्ब ९२ अर्ब ९५ करोड ६१ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७९ अर्ब ९३ करोड ५० लाख रुपैयाँ कर्जा प्रबाह गरेको छ । 

बैंकको खराब कर्जा अनुपात ०.५४ प्रतिशतबाट बढेर २.१५ प्रतिशत पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved