माछापुच्छ्रे बैंकको नाफा २० प्रतिशतले घट्यो, ब्याज आम्दानीमा भने १६ प्रतिशतको वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2022 | 12:53:11 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को असोज मसान्तसम्म (पहिलो त्रैमास)को वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १९.६५ प्रतिशतले घटेर ४५ करोड ११ लाख रुपैयाँमा झरेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ५६ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

चालु वर्षको प्रथम त्रैमासमा बैंकको वितरणयोग्य नाफामा भने ५.८८ प्रतिशतले बढेर १ अर्ब ५४ करोड रुपैयाँ भएको छ ।  

गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ४५ करोड रुपैयाँ रहेको थियो । असोज मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी १५.८९ प्रतिशतले बढेको छ भने सञ्चालन नाफामा २०.०१ प्रतिशतले कमी आएको छ । 

बैंकको प्रतिसेयर आम्दानी ४.३१ रुपैयाँले घटेर १७.५९ रुपैयाँमा झरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved