शेयरबजारबारे कांग्रेसले घोषणापत्रमा के के विषय समेट्यो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2022 | 04:50:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसले पुँजी बजारमा विदेशी लगानीकर्तालाई सशर्त लगानी गर्न खुला गर्ने भएको छ । कांग्रेस आगामी निर्वाचनको लागि आफ्नो घोषणापत्र सार्वजनिक गर्दै पुँजी बजारमा विदेशी लगानीकर्तालाई सशर्त लगानी गर्न खुला गर्ने पहल लिइने उल्लेख गरेको हो।

त्यस्तै कांग्रेसले धितोपत्र सम्बन्धी ऐन तथा कानूनहरूमा सरोकावालाहरूसँग छलफल गरी पुँजी बजार सम्बन्धी ऐन कानून तथा विनियमावलीहरूमा समसामयिक सुधार गर्ने उल्लेख गरेको छ । साथै नेपाल धितोपत्र बोर्डलाई पूर्ण स्वायत्त निकायको रूपमा विकास गर्ने कांग्रेसले जनाएको छ ।

त्यस्तै पूर्वाधार बन्ड मार्फत् सडक, ऊर्जा र विमानस्थल जस्ता परियोजनाहरुका लागि पुँजी जुटाइने र आम नेपाली, गैरआवासीय नेपाली, संस्थागत लगानीकर्ता तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई प्रोत्साहन र सहुलियत दिइने कांग्रेसले उल्लेख गरेको छ । यसैगरी संचालन तथा व्यवस्थापनमा सार्वजनिक निजी साझेदारी अवधारणा कार्यान्वयनमा ल्याई ‘भायविलिटि ग्याप’ पूर्ति गर्न ठोस नीतिगत व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ।

बैंकिङ प्रणालीबाट रेमिट्यान्स भित्र्याउन कम्पनी तथा व्यक्तिहरूलाई आयकरमा सहुलियत र सेवा शुल्कमा अनुदान दिइने घोषणा पनि कांग्रेसले गरेको छ । विदेशबाट फर्किएका युवालाई 'अबको जीवन स्वदेश मै नीति अर्न्तगत उनीहरूले विदेशबाट हासिल गरेको सीप र आर्जन गरेको पुँजीको आधारमा स्थानीय तहसँग सहकार्य गरी उद्यममा संग्लन गराउन प्रेरणा र प्रोत्सानको कार्ययोजना बनाइने कांग्रेस घोषणापत्रमा उल्लेख छ । वृत्ति विकासको सुनिश्चता र ट्रेड युनियन अधिकार सहित संघीय निजामति सेवा ऐन एक वर्षभित्र ल्याइने कांग्रेसले जनाएको छ।

२०४६ को राजनीतिक परिवर्तनपछि बनेको नेपाली कांग्रेसको सरकारले जर्जर र संकुचित अवस्थामा रहेको पञ्चायतकालीन अर्थ व्यवस्थालाई आर्थिक उदारीकरणको नीति अनुरुप प्रतिस्पर्धात्मक र आधुनिक बनाएको कांग्रेसले उल्लेख गरेको छ । उद्योग, व्यापार, पर्यटन, विदेशी विनिमय, बैंकिब, पुँजी बजार, कर तथा राजस्व, ऊर्जा, जलविद्युत, संचार, हवाइ यातायात लगायत अर्थतन्त्रका हरेक क्षेत्रमा उदार आर्थिक नीति अपनाई स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने नीति प्रारम्भ भएको र त्यसैले अर्थतन्त्रकोव्यापक विस्तार हुन गई आजपर्यन्त फराकिलो आर्थिक आधार निर्माण भएको कांग्रेसले उल्लेख गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved