एनआईसी एशिया क्यापिटलद्धारा संचालित २ म्युचुअल फण्डको इकाई मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2022 | 08:55:21 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनआईसी एशिया क्यापिटलद्धारा संचालित २ वटा सामूहिक लगानी कोष योजनाको इकाई मूल्य समायोजन भएको छ । एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डको इकाई मूल्य समायोजन भएको हो ।

एनआईसी एशिया ग्रोथ फण्डको १३ प्रतिशत लाभांशमा मूल्य समायोजन भएको हो। समायोजनपछि फण्डको इकाई मूल्य ९ रुपैयाँ २५ पैसा कायम भएको छ । समायोजन अघि फण्डको इकाई मूल्य १० रुपैयाँ ५५ पैसा थियो । त्यस्तै एनआईसी एशिया ब्यालेन्सड् फण्डकोको पनि १३  प्रतिशत लाभांशमा मूल्य समायोजन भएको हो। समायोजनपछि फण्डको इकाई मूल्य ८ रुपैयाँ ७८ पैसा कायम भएको छ । समायोजन अघि फण्डको इकाई मूल्य १० रुपैयाँ ०८ पैसा थियो । 

दुवै योजनाले लाभांश बितरणको लागि कार्तिक १५ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । कार्तिक १४ गतेसम्म कायम इकाईधनीले मात्र फण्डले दिने लाभांश पाउँन सक्ने छन् ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved