नेप्सेमा १० लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2022 | 05:38:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को १० लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज कम्पनीको १० लाख ७ हजार १ सय ७० कित्ता संस्थापक शेयर सुचिकृत भएको हो ।

कम्पनीले हकप्रदमा बिक्रि नभएको संस्थापक शेयर शेयर लिलाम गरेको थियो । लिलाम मार्फत बिक्रि गरिएको  १० लाख ७ हजार १ सय ७० कित्ता संस्थापक शेयर आज नेप्सेमा सुचिकृत भएको हो ।  कम्पनीको संस्थापक शेयर HIDCLP सिम्बलबाट कारोबार हुने छ । 

कम्पनीले यस अघि नै बोलकबोल प्रकृयाद्वारा बिक्री गरिएको शेयर खरिद गर्ने शेयरधनीहरु समूह “क” को उप-समूह “क-२” अन्तर्गतको “अन्य संस्थापक” उप-समूहमा रहने जनाएको थियो। 

 कम्पनीले हकप्रद निष्काशन गर्दा संस्थापक तर्फको ३ करोड ३० लाख कित्ता शेयर बिक्रि भएको थिएँन । कम्पनीले १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशन गरेको थियो। कम्पनीमा अर्थ मन्त्रालयको २० प्रतिशत, उर्जा मन्त्रालयको १० प्रतिशत, कानुन मन्त्रालयको १० प्रतिशत, महालेखा नियन्त्रक कार्यालयको १० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, राष्ट्रिय बीमा संस्थानको १० प्रतिशत, नागरिक लगनी कोषको १० प्रतिशत र सर्बसाधारणको २० प्रतिशत शेयर लगानी रहेको छ । तर कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा कोषले  हकप्रद नलिएका हुन् । यी ३ संस्थासंग कम्पनीको कुल ३० प्रतिशत शेयर स्वामित्व रहेको छ । उनीहरुले खरिद गर्न अस्विकार गरेपछि ३ करोड ३० लाख कित्ता शेयर बिक्रि नभएको हो । अझै पनि कम्पनीको ठूलो मात्राको शेयर बिक्रि भएको छैन।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved