शेयरबजारमा उछाल: डेढ अर्ब बढीको कारोबार, लघुवित्त कम्पनीका शेयरमा लगानीकर्ताको आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2022 | 03:24:20 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ४३.२० अंकले बढेर १९६५.३६ को बिन्दुमा पुगेको छ 

आज कारोबारमा आएका २२८ कम्पनीका ३९ लाख १३ हजार ५ सय ७३ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब ५४ करोड ८० लाख ३२ हजार ५ सय ६१ रुपैयाँको शेयर कारोबार भएको छ । जस मध्ये नेष्डो समृद्द लघुवित्तको शेयर मूल्य सर्वाधिक १० करोड १४ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै एभरेष्ट बैंकको ७ करोड ९ लाख, हिमाल दोलखा हाइड्रोको ६ करोड ७५ लाख, जाल्पा सामुदायिक लघुवित्तको ५ करोड ६६ लाख, तथा हिमालयन डिस्टिलरी ४ करोड ४७ लाखको कारोबार भएको छ 

आज मानुषी लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, नेष्डो समृद्ध लघुवित्त, तथा उपकार लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै उन्नति सहकार्य लघुवित्तको शेयर मूल्य ९.९१ प्रतिशतले बढेको छ भने श्वेत गंगा हाइड्रोको शेयर मूल्य ९.५२ प्रतिशतले बढेको छ । आज सर्वाधिक गुमाउनेमा म्युचुअल फण्ड र ऋणपत्रहरु रहेका छन् । 

आज कारोबारमा आएका म्युचुअल फण्ड बाहेकका सबै समुहगत सूचक बढेका छन् । आज लघुवित्त समुहको सूचक सर्वाधिक ४.५८ प्रतिशतले बढेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved