कुमारी बैंकले लगानीकर्ताको खातामा पठायो लाभांश, नआएको भए के गर्ने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2022 | 08:56:31 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंकले कार्तिक २१ गते सम्पन्न साधारणसभाले पारित गरेको लाभांश लगानीकर्ताको खातामापठाएको छ । बैंकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको थियो ।

उक्त लाभांश साधारणसभाले पारित गरेपछि  सम्बन्धित शेयरधनीको हितग्राहीखातामा उल्लेख भएको बैंक खातामा साधारण सभा सम्पन्न भएको मिति देखि नै जम्मा गरिएको बैंकले जनाएको छ। साथै हाल सम्म पनि खाता अभौतिकिकरण नगराएका तथा हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीको खातामा लाभांश नआउने भएकोले उनीहरुलाई निम्न कार्य गर्न बैंकले आग्रह गरेको छ।

 क) शेयरको प्रमाणपत्र अभौतिकिकरण गरीसक्नु भएका शेयरधनीहरुले यथासिघ्र आफुले हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी नेपाल क्लियरीङ्ग हाउसको IPS सदस्यता प्राप्त कुनै पनि बैंक तथा वित्तिय संस्थामा रहेको आफ्नो बैंक खाता सम्बन्धी विवरण अद्यावधिक गराउन ।

ख) हाल सम्म पनि हितग्राहीखाता खोल्न बाँकी शेयरधनी महानुभावहरुले कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, काठमाडौँ वा आफुलाई पायक पर्ने कुनै पनि निक्षेप सदस्यकोमा हितग्राहीखाता खोली आफ्नो शेयरहरु अभौतिकिकरण गर्न ।

ग) शेयर भौतिक रुपमानै राख्न चाहाने शेयरधनीहरुले आफ्नो नाम थर, तिन पुस्ते विवरण र बैंक खाताको विवरण सहितको निवेदन शेयर रजिष्ट्रार कुमारी क्यापिटलमा प्रदान गरिदिन ।

बैंकका अनुसार बैंक खातामा नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक तथा वित्तिय संस्थाको नियमन अनुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क शेयरधनीलेनै व्यहोर्नुपर्नेछ । बैंक खाता नं अद्यावधिक गराएका शेयरधनीहरुलाई सिडीएससीबाट हरेक हप्ता प्राप्त हुने अद्यावधिक विवरणको आधारमा क्रमानुसार बैंक खातामा नगद लाभांश जम्मा गर्ने व्यवस्था मिलाईने बैंकले उल्लेख गरेको छ ।

साथै यस बैंकको शेयर मिति २०७९ / ०७ १४ गते सम्म धितो बन्धक राखी कर्जा सुविधा उपभोग गरेका शेयरधनीहरुले सम्बन्धित बैंक तथा वित्तिय संस्थाबाट No Objection Letter प्राप्त भए पश्चात मात्र नगद लाभांश बैंक खातामा जम्मा गरीने बैंकले प्रष्ट पारेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved