नेप्सेमा एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाई सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2022 | 01:38:25 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनएमबि क्यापिटलले निष्काशन गरेको  सामुहिक लगानी कोष योजना  'एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ' को इकाई सुचिकृत भएको छ । आज उक्त योजनाको १२ करोड २१ लाख इकाई सुचिकृत भएको हो 

इकैई सुचिकृत भएसँगै बिहिबारबाट इकाईको कारोबार हुने छ । क्यापिटलले साउन २६ गतेदेखि भदौ ९ गतेसम्म एमएमबि म्युचुअल फण्ड अन्तर्गत संचालन हुने  एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाई निष्काशन गरेको थियो।  

 क्यापिटलले योजनाको इकाई निष्काशन गर्नको लागि साउन ५ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  यो बन्दमुखी म्युचुअल फण्ड योजना हो ।

हाल क्यापिटलले ३ वटा म्युचुअल फण्ड योजना संचालन गरिरहेको छ। क्यापिटलले बन्दमुखी तर्फ एनएमबि हाइब्रिड फण्ड एल १ , र एनएमबि ५० योजना संचालन गरिरहेको छ भने खुलामुखी तर्फ एनएमबी सरल बचत फण्ड ई संचालन गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved