१९ सयको बिन्दुबाट पनि तल झर्यो नेप्से सूचक, शिवम सिमेन्ट र एनआरआईसीको कारोबार उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2022 | 03:38:57 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक २३.५२ अंकले घटेर १८९३.५२ को बिन्दुमा पुगेर रोकिएको छ । 

आज कारोबारमा आएका २२६ कम्पनीका ३१ लाख १४ हजार ६ सय ८९ कित्ता शेयर खरिद-बिक्रिबाट १ अर्ब ११ करोड ९४ लाख ६१ हजार ४ सय ११ रुपैयाँको कारोबार भएको छ । जस मध्ये शिवम सिमेन्टको सर्वाधिक १० करोड २२ लाखको कारोबार भएको छ भने  नेपाल पुनर्बीमा कम्पनीको ३ करोड ५८ लाख, युनाइटेड मोदी हाइड्रोको ३ करोड ३४ लाख, हिमालयन डिस्टिलरीको ३ करोड ३३ लाख तथा रिडी हाइड्रोको ३ करोड ३० लाखको कारोबार भएको छ 

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् । जस मध्ये फाइनान्स समुह सर्वाधिक २.४६ प्रतिशतले घटेको त्छयस्तै अन्य समुह २.३४ प्रतिशत तथा हाइड्रो समुह २.०७ प्रतिशतले घटेको छ 

आज मन्दाकिनी हैदोरको शेयर मूल्य सर्वाधिक ३.९२ प्रतिशत, सिन्धु विकास बैंकको शेयर मूल्य २.७७ प्रतिशत तथा हिमालयन पावर पार्टनरको शेयर मूल्य १.७८ प्रतिशतले बढेको छ । आज अपर हेवाखोलाको शेयर मूल्य सर्वाधिक ६.९१ प्रतिशत, किसान लघुवित्तको शेयर मूल्य ५.७८ प्रतिशत, तथा पन्चकन्या माई हाइड्रोको शेयर मूल्य ५.२५ प्रतिशतले घटेको छ । 

आज कारोबारमा आएका मध्ये १७१ कम्पनीको शेयर मूल्य घटेको छ भने १४ कम्पनीको शेयर मूल्य घटेको छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved