सिक्लेस हाइड्रोले चयन गर्यो शेयर रजिष्ट्रार, शेयर सूचीकरणपछि कारोबारमा आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2022 | 08:43:18 AM मा प्रकाशित

laxmi  sunrise bank

सिक्लेस हाइड्रोपावर लिमिटेडले  बिओके क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । यससँगै अब सिक्लेस हाइड्रोको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनिहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु बिओके क्यापिटलले गर्ने छ। 

सिक्लेस हाइड्रोले भदौ २९ गतेदेखि असोज २ गतेसम्म सर्वसाधारणलाई आईपिओ निष्काशन गरेको थियो । त्यस्तै आयोजना प्रभावित स्थानीयलाई साउन ६ गतेदेखि भदौ ५ गतेसम्म आईपिओ निष्काशन गरेको थियो कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि २० करोड बराबरको २० लाख कित्ता आईपीओ निष्काशन गरेको हो।  ति शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत भएपछि कारोबारमा आउने छन्  

कम्पनीले कास्कीको मादी गाउँपालिकाको मद्क्यु खोलामा १३ मेगावाटको आयोजना निर्माणसम्पन्न गरि २०७४ साल चैत्र २९ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved