आजदेखि हकप्रद निष्काशन गर्दै मुक्तिनाथ कृषि कम्पनी, आईपिओ पनि आउँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2022 | 08:51:41 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ कृषि कम्पनीले आज कार्तिक २५ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ । कम्पनीले हाल कायाम चुक्ता पुँजी ३६ करोडको  १:०.५५ अर्थात् ५५ प्रतिशतले हुन आउने २० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । 

कम्पनीका लगानीकर्ताले मङ्सिर २९ गतेसम्म हकप्रदमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको केन्द्रीय र प्रादेशिक कार्यालयमा सम्पर्क गरि हकप्रदमा आवेदन दिन कम्पनीले आग्रह गरेको छ ।

कम्पनीको असोज २८ गते शुक्रबार सम्पन्न  चौथो साधारणसभाले हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ५६ करोड पुग्ने छ । 

यो कम्पनी मुक्तिनाथ बिकास बैंक तथा नेपालका विभिन्न व्यवसायिक क्षेत्रमा संलग्न व्यक्तिहरुको लगानीमा स्थापना भएको हो। कम्पनीले समग्र कृषि मूल्य शृंखलामा व्यवस्थापकीय भूमिका निर्वाह गर्ने उद्देश्यका अगाडी बढिराखेको जनाएको छ । कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । कम्पनीले ४ करोड बराबरको ४ लाख कित्ता आईपिओ निष्काशनको लागि बोर्डमा आवेदन दिएको छ । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved