बन्द भयो नेप्सेको पुरानो वेबसाइट, आइतबारदेखि नयाँ वेबसाइट पूर्ण रुपमा संचालन हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2022 | 12:31:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जको पुरानो वेबसाइट बन्द भएको छ। नेप्सेले सूचना  जारी गर्दै नेप्सेको पुरानो वेबसाइट http://www.nepalstock.com/ मा अब उप्रान्त कुनै पनि तथ्यांकहरू अद्यावधिक नहुने जनाएको हो ।

यस सँगै अब नेप्सेको नयाँ वेबसाइट https://www.nepalstock.com.np/ कार्तिक २७ गतेबाट पूर्णरुपमा संचालनमा आउने छ । हालसम्म परीक्षणका रूपमा सञ्चालन गरिदैं आएको नेप्सेको नयाँ वेबसाइट आइतबारबाट संचालनमा आउँन लागेको हो ।

नयाँ वेबसाइट पूर्ण रुपमा संचालनमा आउँन लागेकोले नेप्सेले यस अघि नै सम्पूर्ण सुचिकृत कम्पनीहरुलाई नयाँ वेबसाइटको लागि लगइन आईडी लिनको लागि आग्रह गरेको थियो । नेप्सेले सञ्चालन गरेको नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स)  को लगईन आइडी नलिएका सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई नेप्सेले कार्तिक २५ गते भित्र नै अनिवार्यरुपमा  नट्सको लगईन आइडी लिईसक्न आग्रह गरेको थियो ।

नेप्सेका अनुसार कम्पनीहरुको सूचना तथा विवरणहरु नयाँ वेवसाइटबाट सार्वजनिक गर्नका लागि सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई नेप्सेको नट्सको लगईन आइडी अनिवार्य चाहिन्छ । कार्तिक २७ गतेपछि  सूचीकृत सम्पूर्ण कम्पनीहरुको सूचना तथा विवरणहरु नयाँ वेवसाइटबाट मात्रै सार्वजनिक हुने र पुरानो वेवसाइट अर्न्तगतका सम्पूर्ण लगइन आईड खारेज हुने नेप्सेले जनाएको छ । 

 सूचीकृत कम्पनीहरुले सूचना तथा विवरणहरु तोकिएको समयभित्र सम्प्रेषण गर्न नसकेमा प्रचलित प्रावधान अनुसार भई जाने समेत नेप्सेले प्रष्ट पारेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved