नेप्सेमा ङादी ग्रुप पावरको १ करोड कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2022 | 12:57:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ङादी ग्रुप पावर लिमिटेडको १५० प्रतिशत हकप्रद शेयर सुचिकृत भएको छ । आज कम्पनीको १ करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता शेयर सुचिकृत भएको हो । 

कम्पनीले  साउन १८ गतेदेखि  भदौ ७ गतेसम्म हकप्रद  बिक्रि खुला गरेको थियो। कम्पनीले चुक्ता पुँजी ७० करोड ६९ लाख ३२ हजार ४ सय रुपैयाँको १:१.५ को अनुपातमा अर्थात् १५० प्रतिशत हकप्रदले हुन आउने १ करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । कम्पनीले हकप्रद निष्काशनको लागि असार २० गते बुक क्लोज गर्ने निर्णय गरेकोले असार १९ गतेसम्म  कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने ब्यबस्था थियो।  कम्पनीले हकप्रदमा बिक्रि नभएको १२ लाख ५७ हजार २ सय ९० कित्ता शेयर लिलाम मार्फत बिक्रि गरेको थियो  । 

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन्  । 

नेपाल धितोपत्र  बोर्डले असार ९ गते कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति दिएको थियो । कम्पनीले जेठ ९ मा बोर्डमा हकप्रद स्वीकृतिको लागि आवेदन दिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved