ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २१ करोड बढी नाफा कमाएको छ। कम्पनीले सार्वजनीक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार २१ करोड ५२ लाख ७१ हजार नाफा कमाएको हो। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको यस्तो मुनाफा ९ करोड २२ लाख ८० हजार रुपैयाँ थियो।
कम्पनीले यो अवधिमा बिमालेख धितोमा राखि प्रवाह गरेको कर्जाबाट मात्रै २ करोड ४४ लाख ४७ हजार कमाएको छ। जुन कुल एकीकृत आम्दानीको करिब दुई प्रतिशत हो। कम्पनीको एकीकृत आय १ अर्ब ३० करोड ५९ लाख ५२ हजार रहेको छ।
कम्पनीले समिक्षा अवधिसम्मा कुल बिमाशुल्क ९४ करोड ४६ लाख संकलन गरेको छ। सोही अवधिमा कम्पनीले भुक्तानी बापत रु ८ करोड ७९ लाख ३५ हजार खर्च गरेको छ। यो रकम १०९ वटा बिमालेखबाट हुन आएको दाबीको दायित्व हो।
यसैगरी कम्पनीको हाल १३५ वटा बिमालेखकको ६ करोड २६ लाख २५ हजार बराबरको दाबी भुक्तानी गर्न बाँकी रहेको छ। अहिले कम्पनीसँग कुल २९ हजार बढी बिमालेख सक्रिय छन्।
कम्पनीको चुक्ता पुजीँ २ अर्ब ४२ करोड रहेको छ भने जगेडा कोषमा १ अर्ब ३ करोड ५७ लाख रुपैयाँ रहेको छ। त्यस्तै कम्पनीको प्रति शेयर आम्दानी ३५.३८ रुपयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८.३२ रहेको छ। कम्पनीको प्रतिशेयर कुल सम्पित्तिको मूल्य ४७६.०९ रहेको छ।