बन्द भयो नेप्सेको पुरानो वेबसाइट, आजदेखि नयाँ वेबसाइट पूर्ण रुपमा संचालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2022 | 10:02:41 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जको नयाँ वेबसाइट आज कार्तिक २७ गतेदेखि पूर्ण रुपमा संचालनमा आएको छ । नेप्सेको नयाँ वेबसाइट https://www.nepalstock.com.np आजबाट पूर्ण रुपमा संचालनमा आएको हो । हालसम्म परीक्षणका रूपमा सञ्चालन गरिदैं आएको नेप्सेको नयाँ वेबसाइट आइतबारबाट संचालनमा आएको हो ।

यस सँगै नेप्सेको पुरानो वेबसाइट http://www.nepalstock.com बन्द भएको छ  । अब उप्रान्त यो वेबसाइटमा कुनै पनि तथ्यांकहरू अद्यावधिक नहुने नेप्सेले जनाएको हो । https://newweb.nepalstock.com/ नामको वेबसाइट पनि बन्द भएको छ । 

नेप्सेले यस अघि नै सम्पूर्ण सुचिकृत कम्पनीहरुलाई नयाँ वेबसाइटको लागि लगइन आईडी लिनको लागि आग्रह गरेको थियो । नेप्सेले सञ्चालन गरेको नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स)  को लगईन आइडी नलिएका सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई नेप्सेले कार्तिक २५ गते भित्र नै अनिवार्यरुपमा  नट्सको लगईन आइडी लिईसक्न आग्रह गरेको थियो ।

नेप्सेका अनुसार कम्पनीहरुको सूचना तथा विवरणहरु नयाँ वेवसाइटबाट सार्वजनिक गर्नका लागि सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई नेप्सेको नट्सको लगईन आइडी अनिवार्य चाहिन्छ । कार्तिक २७ गतेपछि  सूचीकृत सम्पूर्ण कम्पनीहरुको सूचना तथा विवरणहरु नयाँ वेवसाइटबाट मात्रै सार्वजनिक हुने र पुरानो वेवसाइट अर्न्तगतका सम्पूर्ण लगइन आईड खारेज हुने नेप्सेले यस अघि नै प्रष्ट पारेको थियो । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved