श्रीजनशील लघुवित्तको खुद नाफामा गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2022 | 10:22:19 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म श्रीजनशील लघुवित्तको खुद नाफा घटेको छ  । कम्पनीको खुद नाफा  ३२ दशमलब ७९ प्रतिशतले घटेर १ करोड ८ लाख ४५ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ६१ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो ।

सञ्चालन नाफा ७४ दशमलब ४४ प्रतिशतले घटेर ६४ लाख ५७ हजार रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी २९।२३ प्रतिशतले घटेर ३ करोड १६ लाख ३१ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ६४ पैसा रहेको छ । कम्पनीले  केही समय पहिले मात्रै आइपीओ जारी गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved