चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सूर्या लाइफ इन्स्योरेन्सको खुद नाफा ८२ प्रतिशतले बढेको छ। यस अवधिमा कम्पनीले २० करोड ७३ लाख ५३ हजार नाफा गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८२ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले ११ करोड ३५ लाख ९५ हजार नाफा गरेको थियो।
कम्पनीले यो अवधिमा बिमा शुल्क आर्जनमा पनि १६ प्रतिशतको वृद्धि गरि १ अर्ब ३२ करोड कुल बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १३ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो। कम्पनीले खुद बिमा शुल्क पनि १ अर्ब २६ करोड आर्जन गरेको छ।
जीवन बीमा कोष २९ दशमलव ६५ प्रतिशतले वृद्धि भई १४ अर्ब ९२ करोड पुगेको छ। प्रकाशित तथ्यांक अनुसार समिक्षा अवधिमा कम्पनीले ३३ करोड ५४ लाख कुल दावी भुक्तानी गरेको छ भने ५३ लाख ६७ हजार दावी भुक्तानी गर्न बाँकी छ।
प्रकाशित तथ्यांकअनुसार कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ३२ रुपैयाँ ५२ पैसा र प्रति शेयर किताबी मुल्य १२६ रुपैयाँ २२ पैसा छ। कम्पनीको चुक्ता पुजीँ २ अर्ब ५५ करोड रहेको छ भने जगेडा कोषमा ७१ करोड २२ लाख संचित छ। समिक्षा अवधिमा जगेडा कोष २७ दशमलव १२ प्रतिशतले घटेको हो।