चालु आर्थिक वर्षको पहिलो त्रैमासमा माउन्टेन इनर्जी नेपाल लिमिटेडले २७ करोड ५७ लाख खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिको तुलनामा कम्पनीको खुद नाफा ५.१४ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा २९ करोड ६ लाख रुपैयाँ थियो ।
यस अवधिमा कम्पनीले विद्युत बिक्रिबाट ४७ करोड २३ लाख आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा कम्पनीको विद्युत बिक्रिबाट भएको आम्दानी २२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष पहिलो त्रैमासमा कम्पनीको विद्युत बिक्रिको आम्दानी ३८ करोड ७१ लाख थियो ।
कम्पनीले यस अवधिमा ५ मेगावाटको तादीखोला आयोजनाको विद्युतबाट ४ करोड ९४ लाख तथा ४२ मेगावाटको मिस्ट्रीखोला आयोजनाको विद्युतबाट ४२ करोड २९ लाख आम्दानी गरेको जनाएको छ । कम्पनीको तादी खोला आयोजनाले २०६९ चैत्र १४ देखि तथा मिस्ट्रीखोला आयोजनाले २०७८ असार ३ देखि ब्यबसायीक उत्पादन सुरु गरेको हो ।
कम्पनीको चुक्ता पूँजी १ अर्ब ९६ करोड ८० लाख रुपैयाँ रहेको छ भने रिजर्भमा १ अर्ब २८ करोड ४६ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १४ रुपैयाँ १ पैसा तथा प्रति शेयर नेटवर्थ १६५ रुपैयाँ २७ पैसा रहेको छ ।