नेप्सेमा खप्तड लघुवित्त र सिक्लेस हाइड्रोको आईपिओ सुचिकृत, कतिमा हुन्छ सुरुवाती कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2022 | 01:44:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा खप्तड लघुवित्त र सिक्लेस हाइड्रोको आईपिओ सुचिकृत भएको छ । आज खप्तड लघुवित्तको ४ लाख कित्ता शेयर र सिक्लेस हाइड्रोको ८५ लाख कित्ता शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसँगै मंगलबारदेखि कम्पनीको शेयर कारोबार गर्न सकिने छ । 

नेप्सेले खप्तड लघुवित्तको पहिलो कारोबारको लागि १०१.०७ रुपैयाँदेखि ३०३.२१ रुपैयाँसम्मको रेन्ज तोकेको छ । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने छन् । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । मंगलबारको स्पेसल पी ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ । कम्पनीको KLBS सिम्बलबाट कारोबार हुने छ । 

त्यस्तै नेप्सेले सिक्लेस हाइड्रोको पहिलो कारोबारको लागि ११६.८६ रुपैयाँदेखि ३५०.५८ रुपैयाँसम्मको रेन्ज तोकेको छ । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने छन् । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । मंगलबारको  स्पेसल पी ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ । कम्पनीको SIKLES सिम्बलबाट कारोबार हुने छ । 

खप्तड लघुवित्तले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्रि खुला गरेको थियो। कम्पनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गरेको थियो ।  सर्वसाधारणलाई शेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी ४ करोड भएको छ। सुदूरपश्चिममा कार्यक्षेत्र रहेको यस लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ ।

त्यस्तै सिक्लेस हाइड्रोले सर्वसाधारणलाई ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको थियो। कम्पनीले कास्कीको मादी गाउँपालिकाको मद्क्यु खोलामा १३ मेगावाटको आयोजना निर्माणसम्पन्न गरि २०७४ साल चैत्र २९ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved