नेपाल लाईफको मुनाफामा छलाङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2022 | 08:19:35 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १७ करोड ५७ लाख खुद नाफा कमाएको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३९८ प्रतिशले हुन आउने करिब १७ करोड बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनिको यस्तो नाफा मात्रै ७० लाख ३३ हजार थियो। 

कम्पनीको गत वर्ष वर्षको समिक्षा अवधिमा नोक्सानी बापत व्यवस्थाको (प्रोभिजनिङ) रकम बढी भएको कारण नाफा कम देखिएको थियो। यो वर्ष नोक्सानी बापतको रकम  मात्रै १ करोड ७१ लाख ७२ हजार व्यवस्था गरेको छ। गत आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले ७७ करोड नोक्सानी बापत व्यावस्थामा राखेको थियो। 

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आमदनी १.९७ प्रतिशतले बढेर ९ अर्ब ९३ करोड ९६ लाख पुगेको छ। यता, खुद दाबी भुक्तानी पनि २.२३ प्रतिशत बढेको छ। कम्पनीले समिक्षा अवधिमा ४ अर्ब ३५ करोड ६१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। 

इन्स्योरेन्सको कुल बीमाशुल्कमा भने १.४३ प्रतिशतको वृद्धि हुँदा १० अर्ब बढी पुगेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सले २२ हजार १२५ वटा दाबीबापत ३ अर्ब ९६ करोड ११ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ। १ अर्ब ३२ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको चुक्ता पूँजी १४ प्रतिशत बढेसँगै ८ बढी २० करोड ७९ लाख पुगेको छ। जगेडा कोषमा १ अर्ब ९९ करोड १८ राख कायम भएको छ। त्यसैगरी, जीवन बीमा कोषमा १ खर्ब ४२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ रहेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ३९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६७.९७ गुणा रहेको छ। औषत प्रतिफल दर ११.०२ रहेको छ भने प्रति सेयर आम्दानी ८.५६ रहेको छ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved