शतप्रतिशत दाबी भुक्तानी गरेको रिलायबल लाइफको नाफा १० करोड बढी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2022 | 08:47:29 AM मा प्रकाशित

laxmi  sunrise bank

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिला त्रैमासमा आउँदा सत प्रतिशत दाबी भुक्तानी गरेको पाईएको छ। समिक्षा अवधिमा ७०३ वटा दाबीको २६ करोड १९ लाख ४७ हजार रुपैयाँ बराबरको भुक्तानी गरेको हो। जबकी गत आर्थिक वर्षको सोही अवधिमा ४ हजार ६६३ वटा दाबी बापत साढे ३० करोड भुक्तानी गरेको थियो। 

कम्पनीको कुल बिमा शुल्क आर्जनमा भने गत आर्थिक वर्षको तुलनामा केही गिरावट आएको छ। असोज मसान्तसम्म कम्पनीले ८९ करोड ३१ लाख ७९ हजार कुल बिमा शुल्क आर्जन गरेको थियो भने गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आर्जन रकम ९७ करोड १० लाख रुपैयाँ बढी रहेको थियो। 

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले १० करोड माथि खुद नाफा गरेको छ। यो गत आर्थिक वर्षको तुलनामा ३४ दशमलव ७० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा ७ करोड ४५ लाख खुद नाफा गरेको थियो। 

२ अर्ब ८० करोड चुक्ता पुँजी भएको यस कम्पनीको जगेडामा १ अर्ब १८ करोड संचित छ। समिक्षा अवधिमा जगेडा कोष २९ दशमलव ७२ प्रतिशतले वृद्धि भएको छ। जीवन बीमा कम्पनीको लागि एकदमै महत्तवपूर्ण जीवन बीमा कोष करिव ७० प्रतिशतले वृद्धि भई ५ अर्ब १५ करोड पुगेको छ। कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १४ रुपैयाँ ३४ पैसा र प्रति शेयर नेटवर्थ १४६ रुपैयाँ ३८ पैसा छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved