लाइफ इन्स्योरेन्स कर्पोरेशन घाटामा, ईपीएस ऋणात्मक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2022 | 09:07:57 AM मा प्रकाशित

laxmi sunrise bank

नोक्सानीको लागि व्यवस्था वापतको रकममा वृद्धि हुँदा लाइफ इन्स्योरेन्स कर्पाेरेशन(नेपाल)  नोक्सानीमा देखिएको छ। कम्पनीले सार्वजनीक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी ५९ लाख २९ हजार ८३३ रुपैयाँ बराबर नोक्सानीमा गएको हो। जब कि गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी ३ करोड १५ लाख भन्दा बढी नाफामा थियो। 

समिक्षा अवधिमा कम्पनीको प्रोभिजनिङमा ४२४ प्रतिशतको वृद्धि भएको छ। अर्थात गत बर्ष कम्पनीले मात्रै १ करोड रुपैयाँ बराबर प्रोभिजनिङ गरेको थियो भने यो वर्ष साढे ५ करोड बढी प्रोभिजनिङ गरेको छ। 

यसो त कम्पनीको आम्दानीमा पनि गिरावट आएको छ। समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १४.०३ प्रतिशतले घटेको हो। यस अवधिमा कम्पनीले ४ अर्ब ४९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा ५ अर्ब २२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो।

आम्दानी घटेसंगै कम्पनीले दाबी भुक्तानीमा पनि संकुचन देखाएको छ। समिक्षा अवधिमा एक अर्ब ९५ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको कम्पनीले गत वर्षको यहि अवधिमा तीन अर्ब ७२ करोड भुक्तानी गरेको थियो। साथै, व्यवसायमा गिरावट सँगै अभिकर्ताले प्राप्त गर्ने कमिशन पनि घटेको छ । गत वर्ष अभिकर्ताले ५० करोड १४ लाख रुपैयाँ प्राप्त गरेकोमा यस वर्ष जम्मा ३५ करोड मात्रै प्राप्त गरेका छन् ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। जगेडा कोषमा ६० करोड ९७ लाख रुपैयाँ सञ्चित छ । जीवन बीमा कोष ९७ अर्ब ५० करोड रुपैयाँ बढी पुगेको छ। नोक्सानीका कारण प्रतिशेयर आम्दानी ऋणात्मक (-०.२२) छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ छ। 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved