मेट लाईफ इन्स्योरेन्सले ८ करोड बढी खुद नाफा कमाएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले ८ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको हो। जुन गत वर्षको सोही अवधिको तुलनामा ३२ प्रतिशत बढी हो। गत वर्षको समिक्षा अवधिमा कम्पनिले ६ करोड ७५ लाख नाफा कमाएको थियो।
यस अवधिमा कम्पनीको खुद बिमा शुल्क आम्दानीमा भने सामान्य गिरावट आएको छ। गत वर्षको असोजमसान्तसम्म १ अर्ब ३० करोड ३५ लाख बिमा शुल्क आम्दानी गरेकोमा यो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २६ करोड १४ लाख आम्दानी गरेको हो। कम्पनीको खुद बिमाशुल्क आम्दानी घटेसँगै खुद दाबी भुक्तानीमा पनि गिरावट आएको छ। कम्पनीले समिक्षा अवधिमा ६५ करोड ५२ लाख ५ हजार भुक्तानी गरेको छ। जबकी गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५ करोड ७१ लाख ३५ हजार भुक्तानी गरेको थियो।
कम्पनीले कुल बिमाशुल्क ४५ अर्ब १८ करोड ५० लाख आम्दानी गरेको छ। यो अवधिमा १ हजार २९० वटा दाबीको कुल भुक्तानी ६६ करोड ६० लाख ८६ हजार रुपैयाँ रहेको छ। यस्तो दाबी भुक्तानी रकम गत वर्षको समिक्षा अवधिमा २ हजार ७१३ वटा दाबीको १ अर्ब ९ करोड ६६ लाख बढी रहेको थियो।
६०६ वटा दाबीको ६० करोड ४१ लाख ५४ हजार दाबी भुक्तानी गर्न बाँकी रहेको छ। कम्पनीको जगेडा कोषमा २ अर्ब ७० करोड कायम भएको छ। जिवन बिमा कोषमा २१ अर्ब ३० करोड ९८ लाख सञ्चिति रहेको छ।