१८ प्रतिशतले बढ्यो नागरिक लगानी कोषको नाफा, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 16, 2022 | 09:36:36 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नागरिक लगानी कोषको खुद नाफा १७.९९ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष ७९/८० को पहिलो त्रैमासको वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले २३ करोड २७ लाख खुद मुनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा १९ करोड ७२ लाख थियो 

यस अवधिमा कम्पनीको ब्याज आम्दानी ७३.४१ प्रतिशतले बढेर १० करोड १२ लाख पुगेको छ । गत आर्थिक वर्षको मुनाफाबाट ३० प्रतिशत बोनस शेयर दिएपछि कम्पनीको चुक्ता पुँजी  ४ अर्ब २५ करोड पुगेको छ । कम्पनीको शेयर प्रिमियम भने ७७.५६ प्रतिशतले घटेर २८ करोड ३८ लाखमा सिमित भएको छ 

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २ रुपैयाँ २३ पैसाले घटेर २१ रुपैयाँ ९० पैसा कायम भएको छ  । कम्पनीको प्रति शेयर नेटवर्थ भने ३६.९१ रुपैयाँले बढेर १८९.०५ रुपैयाँ कायम भएको छ 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved