मर्जर प्रक्रियामा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले गरे लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 16, 2022 | 10:10:16 AM मा प्रकाशित

laxmi  sunrise bank

मर्जर प्रक्रियामा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले लाभांश घोषणा गरेका छन्। दुवै बैंकको मंगलबार बसेको संचालक समितिको बैठकलेआर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

जस अनुसार इन्भेष्टमेन्ट बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर ७ प्रतिशत नगद लाभांश गरि कुल ११ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै मेगा बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र ३.८३ प्रतिशत नगद लाभांश गरि कुल ७.८३  प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ लाख ४ करोड रहेको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र दुवै बैंकको आ-आफ्नो साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved