१८ जीवन बीमा कम्पनीको पहिलो त्रैमासः ३ वटाको नाफामा गिरावट, कुनले कति नाफा कमाए ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 16, 2022 | 03:25:29 PM मा प्रकाशित

laxmi sunrise bank

जीवन व्यवसाय गर्ने १८ कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। सरकारी लगानीको राष्ट्रिय बीमा संस्थानबाहेक सबैले पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका हुन्।

कम्पनीहरुद्धारा प्रकाशित वित्तीय विवरण अनुसार एलआइसी नेपाल घाटामा देखिएको छ। थप दुई कम्पनीको नाफामा गिरावट आएको छ । युनियन र प्राईम लाईफको नाफामा कमि आएको हो। एलआइसी नेपालको भने प्रोभिजनिङ रकम बढी हुँदा घाटामा गएको देखिन्छ। 

 नेपाल लाईफ इन्स्योरेन्स प्राय सुचकमा अग्रणी देखिएको छ। नाफा रकमका आधारमा भने ज्योति लाईफले अग्र स्थान हासिल गरेको छ। कम्पनीले यो तीन महिनामा खुद नाफा २१ करोड ५२ लाख कमाएको हो। दोस्रोमा सुर्या लाईफले २० करोड ७३ लाख र तेस्रोमा नेपाल लाईफले १७ करोड ५७ लाख नाफा कमाएका छन्। 

कम्पनीहरुले करिब १ अर्ब ७० करोड खुद नाफा गरेका हुन्। बीमा संस्थान बाहेकको वित्तीय अवस्था हेर्दा औषतमा करिब साढे ९ करोड मुनाफा कमाएका हुन्।

हेर्नुस् विवरण :

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved