प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 16, 2022 | 05:10:47 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो।

जस अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी १ अर्ब २२ करोड ७६ लाख ८४ हजार आठ सय रुपैयाँ बराबरको को ५ प्रतिशतका दरले हुन आउने ६ करोड १३ लाख ८४ हजार २ सय ४० रुपैयाँ बराबरको बोनस शेयर तथा १० प्रतिशतका दरले हुने १२ करोड २७ लाख ६८ हजार ४ सय ८० रुपैयाँ बराबरको नगद लाभांश  गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित बोनस शेयर तथा नगद लाभांश नेपाल बीमा प्राधिकरण तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात् मात्र वितरण हुने छ।

कम्पनीले मंगलबार लाभांश प्रस्ताव गरेपनि आज बुधबार बजार बन्द भएपछि मात्र नेप्सेलाई जानकारी गराएकोले कम्पनीलाई नेप्सेले स्पष्टिकरण सोध्ने सम्भावना छ। लाभांश प्रस्ताव गर्दा सोहि दिन वा अर्को दिन बजार खुल्नु अगाडी नेप्सेलाई जानकारी गराउनु पर्ने ब्यबस्था छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved