नेशनल हाइड्रोले माग्यो हकप्रद निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2022 | 11:30:21 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पूजीको ५० प्रतिशत (अर्थात १०:५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो 

कम्पनीले कार्तिक २२ मा बोर्डमा आवेदन दिएको हो । कम्पनीले ८२ करोड २१ लाख ४५ हजार ९ सय ७१ रुपैयाँ ७८ पैसा बराबरको ८२ लाख २१ हजार ४ सय ५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद शेयर निष्काशनको लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । बोर्डबाट अनुमति पाएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ 

कम्पनीको भदौ १० गते बालुवाटार स्थित डेलिश ओपेरा रेश्त्रो एण्ड ब्यान्क्वेटमा सम्पन्न विशेष साधारणसभाले बोनश शेयर वितरण र सुनकोशी हाइड्रो पावर कम्पनी लि.को प्राप्ति पश्चात कायम हुन आउने चुक्ता पूजीको ५० प्रतिशत (अर्थात १०:५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved