निफ्राले पायो ५ अर्बको उर्जा ऋणपत्र निष्काशन गर्ने अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2022 | 05:34:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्फ्रास्ट्रकचर बैंकले निफ्राले उर्जा ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कार्तिक २४ गते बैंकलाई उर्जा ऋणपत्र निष्काशन गर्नको लागि अनुमति प्रदान गरेको हो 

बैंकले ५ अर्ब बराबरको ५ लाख कित्ता उर्जा ऋणपत्र जारी गर्ने अनुमति पाएको हो । जस मध्ये ३ लाख कित्ता निजि तबरबाट बिक्रि हुनेछ भने २ लाख कित्ता सर्बसाधारणको लागि निष्काशन हुने छ । ७ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ७ प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ 

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ७८/७९ को मौद्रिक नीतिको अर्थवार्षिक समिक्षा मार्फत  पूर्वाधार विकास बैंकले समेत ऊर्जा ऋणपत्र जारी गर्नसक्ने व्यवस्था गरेको थियो । सोहि अनुसार बैंकलेउर्जा ऋणपत्र निष्काशन गर्न लागेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved