स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2022 | 08:01:02 AM मा प्रकाशित

laxmi  sunrise bank

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज मङ्सिर ६ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मङ्सिर ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

बैंकले मङ्सिर २५ गते आर्मी अफिसर्स क्लबमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १६.५१ प्रतिशत नगद लाभांश अर्थात् प्रति शेयर १६ रुपैयाँ ५१ पैसा नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

१. आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७८/७९ को वार्षिक वित्तीय विवरण (आषाढ मसान्त २०७९ मा समाप्त भएको वर्षको वासलात, आव २०७८/७९ को नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण लगायत वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरू) उपर छलफल गरी पारित गर्ने ।

३. संचालक समितिले प्रस्ताव गरे बमोजिम प्रति शेयर रू.१६/५१ ( अक्षरूपी सोह रूपैयाँ एकाउन्न पैसा मात्र) का दरले (कर सहित) नगद लाभांश वितरण गर्न स्वीकृत गर्ने ।

४. बैक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षण गर्न लेखापरीक्षण समिति तथा संचालक समितिको सिफारिश मुताबिक लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा नियुक्तिको शर्त तोक्ने ।

५. सर्वसाधारण शेयरधनीहरूको तर्फबाट बैंकको संचालक समितिमा प्रतिनिधित्व गर्ने एक जना संचालकको निर्वाचन गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved