आईएमई लाइफ इन्स्योरेन्सले थप्यो हकप्रद वापतको रकम बुझाउने समय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2022 | 08:25:02 AM मा प्रकाशित

laxmi  sunrise bank

आईएमई लाइफ इन्स्योरेन्सले निष्काशन गरिरहेको हकप्रदमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले कार्तिक १ गतेदेखि मङ्सिर ५ गतेसम्ममा हकप्रद वापतको रकम जम्मा गर्न आग्रह गरेको थियो । सो अवधि भित्र सबैले रकम जम्मा नगरेपछि कम्पनीले म्याद थप गर्दै मङ्सिर २० गतेसम्म हकप्रदको लागि रकम जम्मा गर्न आग्रह गरेको हो 

कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गरेको हो। कम्पनीले साविकका शेयरधनीलाई कम्पनीले तोकेको बैंक खातामा बुझाउन आग्रह गरेको छ । शेयर लगानी फारम कम्पनीको वेबसाइटमा रहेको कम्पनीले उल्लेख गरेको छ 

कम्पनीको असोज २६ गते सम्पन्न साधारणसभाले शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीको असोज ३१ गते बसेको संचालक समितिको बैठकले थप पुँजी माग गर्ने निर्णय गरेको हो । 

कम्पनीले आईपिओ निष्काशन अगावै शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । बीमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउनको लागि कम्पनीले संस्थापक शेयरधनीको लागि शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved