सिभिल बैंकको शेयर कारोबार फुकुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2022 | 05:13:00 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंकसँग गाभिने क्रममा रहेको सिभिल बैंकको शेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेको आज मङ्सिर ६ गतेको निर्णय अनुसार सिभिल बैंकको शेयर कारोबार फुकुवा भएको हो । यस सँगै अब बुधबारबाट बैंकको शेयर कारोबार गर्न सकिने भएको छ ।

 नेप्सेले आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । नेपाल धितोपत्र बोर्डले जारी गरेको 'धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ' बमोजिम दुवै बैंकको शेयर कारोबार फुकुवा भएको हो । यस निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा  जाने कम्पनीको शेयर कारोबार  अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था गरिएको छ । 

मर्जर प्रक्रियामा रहेका मेगा बैंक र इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार पनि आज बाट नै फुकुवा भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved